
भदौ ८ काठमाडौं – अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको प्रति राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीलेलाई ध्यानाकर्षण गराएकी छन् । सामाजिक संजाल ट्विटरमार्फत उनले अन्सारीले ‘लेनिन बिष्ट (बालसैन्य- माओवादी-पूर्व लडाकू) नेपालको अन्तराष्ट्रिय एयरपोर्टबाट विदेश उड्न नपाउने भनि फिर्ता गरीयो के अरु माओवादी नेताहरु पनि यसरी नै फिर्ता हुन्छन् अब ?’ भनेर सरकारलाई प्रश्न गरेकी छन्।
न्तर्राष्ट्रिय युवा मञ्चमा बालसैनिकको कुरा उठाउन सक्ने भन्दै बिष्टलाई विमानस्थलबाट फर्काइएको हो। आज बिहान ९ बजे विमानस्थल पुग्दा कालोसूचीमा रहेको भन्दै आफूलाई फर्काएको बताए। यसअघि उनी रसिया लगायत विभिन्न देशको भ्रमण गरिसकेका छन्।
केही वर्षयता बिष्ट बालसैनिकको मुद्दा चर्को रुपमा उठाउँदै आएका थिए। बालसैनिकलाई बेवास्ता गरेको भन्दै पेरिसडाँडास्थित तत्कालीन माओवादी कार्यालयमा केही समयअघि उनीहरुले शीर्ष नेताहरुलाई बन्दी बनाएका थिए।
करिब ८ हजार बालसैनिकलाई माओवादीले अयोग्यको बिल्ला लगाई शिविरबाट निकालेको तर अहिले मुद्दाको सुनुवाइ नगरेको उनले बताए।
लेनिन बिष्ट (बालसैन्य- माओवादी-पूर्व लडाकू) नेपालको अन्तराष्ट्रिय एयरपोर्टबाट विदेश उड्न नपाउने भनि फिर्ता गरीयो के अरु माओवादी नेताहरु पनि यसरी नै फिर्ता हुन्छन् अब? @Mohagunaso @NepalNHRC
— Mohna Ansari (@MohnaAnsari) August 24, 2018
२०७५ भदौ ८ गते प्रकाशित
