News Portal

घमण्डले तपाइलाई के हानी गर्छ थाहा पाउनुहोस

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३५ पटक
काठमाडौं

काठमाडौँ –खोला भनेको देखाउने प्रवृत्ति मात्र हो । अलिकति पानीको संगत पायो भने यसले आफ्नो मर्यालालाई नाघ्दछ । घर, खेत नै बगाउन शुरु गर्दछ त्यस्तै जब कम इज्जतका तल्ला स्तरका व्यक्तिले अचानक पैसा कमाए भने उनिहरुले पनि नदी तथा खोलाले आफ्नो मर्यादालाई नाघे जस्तै तीनीहरुले पनि अरुलाई गन्न छोड्दछन् ।

उनीहरुको लगाइ खुवाइ नै परिवर्तन हुन्छ । अरुले भन्दा महँगा जुत्ता उसैले लगाउँछ । शरीरमा बास्ना छर्केर हिड्छ । आफ्नो रमझम तुरुन्तै अरुलाई देखाँउछ । यस्ता व्यक्तिले पैसा कमाए पनि दीर्घकालिन जीवन सूत्र ठम्याउन सक्दैनन् । उनीहरु सानो दुःखमा पनि बिचलीत हुन्छन् ।

दुःख देखी बिचलीत हुनेहरु, आत्तिनेहरु लामो समय सम्म टिक्न सक्ने कुरै हुदैन् । के एउटा उर्लीएको खोलाको पानी लामो समय सम्म रही रहन्छ र ? त्यसैले मान्छे सागर जस्तै हुनुपर्दछ । तपाइले सागर देख्नु भएको होला, सागरको प्रवृत्ति के हुन्छ ? सागर न पानी थपिदा मात्तिन्छ, न त पानीको अभावमा आत्तिन्छ । सागर नित्य सन्तुष्ट छ । उसलाई कसैसँग भरपर्नु आवश्यक छैन् । अत्याधिक मात्रमा पानीको स्रोत आफैसँग छ । ठिक त्यस्तै जीवनको सुत्र बुझेकाहरु, दीर्घकालीन मान्यता र रस बुझेकाहरु सागर जस्ता हुन्छन् । उनिहरुले अचानक बढि पैसा कमाए भने तुरुन्तै नयाँ जुत्ता किन्ने, बास्ना छर्केर हिड्ने गर्दैनन् । फेरी संकटै आएमा पनि उनिहरु विचलित हुदैनन् । किनभने उनीहरुले जीवनमा मूल्य बुझेका हुन्छन् ।

मूल्य बुझेका व्यक्तिको छाँट सरल हुन्छ । एकोहोरे तथा जीद्धीवाला हुदैन । जीद्धीवाला र एकोहोरे त त्यही व्यक्ति हुन्छ जुन व्यक्तिलाई त्यो कुरा भन्दा अर्को थाहै आफुले बुझेको छ त्यो कुरा त्यस्तै हुनैपर्दछ भन्ने उसको सोच हुन्छ । वास्तवमा त्यो कुरा उसको सोचमा धेरै फरक पर्दछ । तर त्यो उसलाई थाहा हुदैन् ।

एक पटक तीन जना दृष्टिविहिन व्यक्ति हात्ती हेर्न गए । दृष्टिविहिन व्यक्तिले हात्ती कसरी हेर्न सक्छ ? तर पनि हेर्न भनि गए । तिनै जना दृष्टिविहिन एउकटा विशाल हात्ती नजिकै सोध्दै गए । माउतेले हात्ती यही हो भनेर बोली सुनायो । दृष्टिविहिनलाई सुनाउने हो देखाउने त कुरै भएन् । त्यसपछि तीनै जना दृष्टिविहिन हात्तीको नजिकै गएर छाम्न शुरु गरे । एउटाले भन्यो–हात्ती खम्बा जस्तै हुदो रहेछ । अर्को दृष्टिविहिनले हात्तीको पेट छाम्दै भन्यो –हात्ती त हाम्रै घरको भित्तो जस्तो हुदो रहेछ । फेरी अर्को दृष्टिविहिनले पुच्छर समाउदै भन्यो–हात्ती त डोरी जस्तै हुदो रहेछ । उताबाट अर्को दृष्टिविहिनले कान समाएर बसीरहेको थियो । उसलाई तिनीहरु कसैको कुरा विश्वास लागेन र गाली गर्दै भन्यो–मुर्ख तिमीहरुले हात्ती कस्तो छ भन्ने कुरा बुझ्न सक्दैनौं । पाखेहरु कहिल्यै हात्ती देखेका छैनौ ? आफु स्वयं दृृष्टिविहिन छ तर अर्का दृष्टिविहिनलाई हात्ती देखेका छैनौ ? पाखे भनेर गाली गरीरहेको छ । त्यसपछि उसले भन्यो–सून । पाखेहरु, हात्ती खम्बा जस्तो हुदैन, भित्तो जस्तो पनि हुदैन्, डोरी जस्तो पनि हुदैन् । हात्ती त थाल जस्तै हुन्छ । किनभने त्यो पनि दृष्टिविहिन थियो र उसले कान समाती रहेको थियो ।

अतः यी तल्ला प्रवृृतिका मान्छेका ठिक त्यही दृष्टिविहिनको जस्तै घमण्ड हुन्छ । आफुू स्वयं दृष्टिविहिन छ छर अरुलाई नेतृत्व गर्न चाहान्छ । जव सम्म मान्छेले आफ्नो दृष्टिविहिनपन र प्रवृतिलाई बुझेर सुधार हुन सक्दैन उ कहिल्यै पनि शान्त र सफल हुन सक्दैन् । उर्लेको खोलाले जसरी वातावरणलाई खैलाबैला अर्थात हल्लै हल्लाले भरीदिन्छ त्यसको स्थीती पनि समाजमा ठिक त्यस्तै पुग्दछ ।
जसले अति धेरै खाना खान्छ, बोल्दै पिच्छे रिसाउँछ र तिता शब्द बोल्दछ, त्यस ठाउँमका असफलताको राह हुन्छ, त्यस्तो व्यक्ति जीवनमा सफल हुन जति प्रयास गरे पनि झन दरिद्र हुन पुग्दछ ।

२०७५ चैत ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्