News Portal

हामीलाई फायर खोल्न बाध्य नपारियोस : नेकपा नेता शाही

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६०८ पटक
काठमाडौं

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कन्चन शाहीले आफ्नो पार्टीलाई फायर खोल्न बाध्य नपार्न आग्रह गरेका छन । उनले आफ्नो पार्टीले शान्ति चाहेको र जवरजस्त यूद्धमा नधकेल्न सरकारलाई आग्रह गरेका हुन ।

पत्रकार शोभराज बरालको कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता शाहीले देशमा अन्याय, अत्याचार, बलात्कार, भष्ट्राचार, दलालीकरण, करछली र घुसखोरी मौलाएको र यस्ता दलाल, भष्ट्राचारी, घुसखोरी, करछलुवा र मानव तस्करहरुको विरुद्धमा एकृकित जनक्रान्ति गर्दै आएको बताए । अन्याय, अत्याचार, बलात्कार, करछली, भष्ट्राचार, दलालीकरण र घुसखोरी विरुद्धको आफ्नो अभियानमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीलाई पनि साथ दिन आग्रह गरे ।

गोर्खा एफएमबाट प्रशारित कार्यक्रममा उनले अबको लडाइ गाउँ गाउँमा देखिएका छोटे राजाहरुको विरुद्धमा हुने बताए । गाउँमा करोडौँ भष्ट्राचार भएको र उनीहरुलाई एक एक गर्दै ठीक पार्ने योजना अनुसार आफूहरु अगाडी बढिरहेको खुलासा गरे ।

कालिकोट जिल्लाका गाउँ गाउँमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती आएको सुचना पाएको बताउँदै शाहीले त्यसको जनताले राम्रोसंग प्रतिकार गर्ने ठोकुवा गरे ।

२०७५ चैत ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्