News Portal

सफलता चाहनुहुन्छ ? यो लेख पढ्नुहोस् !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५६४ पटक
काठमाडौं

काठमाडौँ – आजका अधिकांश मान्छे दुःखी, दरीद्र, चिन्तित, गलित, पीडित र असफल हुनुको मुख्य कारण लिन र दिन नजान्नुको कारण हो । यदि कुनै व्यक्तिले मैले के लिने ? के दिने स्पष्ट बुझ्छ भने ऊ दुःखी तथा असफल भन्ने कुरा नै हुँदैन । “अघि पछि अन्त चैतमा जन्त” भने झै लिनुपर्ने बेलामा दिने र दिनुपर्ने बेलामा लिने व्यवहार गरियो भने जीवन असफल हुने कुरा निश्चित छ ।

गधाले जस्तै नोकरी गर्दैमा जीवन सफल हुने होइन, यदि हो भने बाटोमा काम गर्ने श्रमिकहरुले राजदिन कडा मेहनत गरेर काम गरिरहेका हुन्छन् तर तिनीहरु किन सफल हुन सक्दैनन् । किनभने तिनीहरुमा केही कुराको अभाव छ, त्यही अभावको कारणले उनीहरुको जीवनले गति लिन सकिरहेको छैन ।

एक पटक म भारतको प्रसिद्ध रेल स्टेशन मध्येको एउटा हाउडा स्टेशनमा थिए । यो कलकत्ता शहरमा पर्दछ । त्यति बेला म भारतको उडीसा अर्थात जगन्नाथ पुरीबाट जगन्नाथ, बलदेव, सुभद्राको दर्र्शन गरेर आएको थिए । त्यस कलकत्ता शहरबाट रक्सौल आउने ट्रेन केही ढिला छुट्ने हुदाँ मैले त्यहाँ केही समय पर्खनु पर्र्ने भयो । त्यसपछि म आफ्नो गाइड बुक पढेर बसिरहेको थिए । अगाडी हजारौ मानिस ट्रेन चढ्ने र झर्र्ने दृश्य तथा प्रत्येक मिनेटमा आउने र जाने ट्रेनको आवाजले मलाई धेरै डिस्टर्व भएको थियो । किनभने मलाइ शान्त वातावरण मन पथ्र्यो तर त्यहाँ केही समय बस्न पर्ने भयो ।

म रक्सौल हुँदै नेपाल नआइ नहुने भएकोले सम्पूर्ण समस्या स्वीकार गर्नै पथ्र्यो । त्यतिबेला मेरो अगाडि रेलको लीक सफा गर्ने ३–४ जना सफारु (सफागर्ने व्यक्ति) आए उनीहरु एकदम मैला देखिन्थे । मैले उनीहरुले बोल्दै काम गर्दै गरेको अवलोकन गरे । उनीहरुको खल्तीमा चुरोट, खैनी देखे । उनीहरुको बोलीमा अपशब्द पनि सुने । त्यसपछि त्यो भीडमा अरुलाई वास्तै नगरीकन म तिनै सफारुसँग कुरा गर्न शुरु गरे । विस्तारै–विस्तारै परिचय गर्दै उनीहरुसँग म परिचित व्यक्तिले जस्तै कुरा गर्न शुरु गरे । उनीहरुलाई मैले रक्सी, चुरोटको बेफाइदा लगायतका धेरै कुराहरु बताए र अन्तिममा उनीहरुको तलब सोंधे । उनीहरुले भने प्रति व्यक्ति तीनहजार रुपैयाँमा गर्नु पर्ने समय बिहान ६ बजे देखि साँझ ६ बजे सम्म ।

मैले यहाँ भन्न खाजेको कुरा के हो भने ती व्यक्तिहरुले कडा मेहनतका साथ बिहान देखि बेलुकासम्म काम गरेको कुरा स्पष्ट छ । प्रति महिना तीनहजारमा जीवन पनि चलाई नै रहेका छन् । त्यहाँ धेरै मेहनत गर्छन तर कमाई भने न्यून । यदि मेहनत गर्दैमा बढी कमाई हुने हो भने उनीहरुले किन बढी कमाउन सकेनन् त ?

एउटा बैंकमा काम गर्ने कार्यकारी प्रमुखले प्रतिदिन १० बजेदेखि ३ बजेसम्म काम गरेर महिनाको लाखौं रुपैया कमाउने व्यक्तिहरु पनि विश्वभरीनै छन् । यो कुरा तपाई आफैलाई पनि थाहा नै होला । प्रायः नेपालमा केही ठूला बैंकका कार्यकारी प्रमुखहरुले महिनाको २० लाखसम्म कमाइरहेका छन् । प्रति महिना २० लाखको दरले वर्षमा २ करोड चालीस लाख हुन आउँछ । फेरी यो कुरा उनीहरुलाई कसरी सम्भव भयो । कसैले दिनमा २–४ घण्टा काम गरेर पनि २० लाख कमाउँछ भने कसैले दिनभरी काम गरेर पनि थोरै मात्र कमाउँछ । यसमा लुकेको कारण के होला त ?

एक पटक भगवान गौतम बुद्धलाई एउटा मूर्ख व्यक्तिले अपशब्दको प्रयोग गरेर गाली गरिरहेको थियो । उसले यति बढी अपशब्द प्रयोग गरेको देख्दा अरु सुन्ने व्यक्तिलाई बुद्ध प्रति दया माया र गाली गर्ने प्रति रीस उठ्यो । त्यसपछि एक जना बुद्धको नजिकै गएर यसो भन्यो, “तपाइलाई त्यसले त्यति बढी गाली गरिरहेको छ उसको त्यो गालीले हामीलाई समेत रीस उठेको छ तर तपाई हाँस्दै बसिरहनु भएको छ । के तपाइलाई अलिकति पनि रीस उठेको छैन ।” छैन किनभने उसले गाली दिएको छ, मैलो त्यो गाली लिएका छैन ।

अतः मित्र कसैले थोरै परिश्रमबाट पनि धेरै र कसैले धेरै परिश्रमबाट पनि थोरै प्राप्त गर्नुको नतिजा उनीहरुको रीस, सहनशिलता, सोच्ने क्षमता र बुझाइको नतिजा हो । फेरी तपाईले भन्नुहोला उसले त पढेको छ त्यसैले बढी कमाउन सक्छ तर मैले त पढेको छैन त्यसैले सफल हुन सकेको छैन । तर मित्र, वास्तविक कुरा त्यो होइन, हुन त कुनै कुरा पढाईले पनि प्रभाव पार्छ तर तपाइले देख्नु वा भेट्नु भएकै होला धेरैजसो व्यक्ति कमै पढेको भए पनि पढेका विद्धान वर्गका व्यक्तिहरुले भन्दा बढी दाम र नाम कमाएका छन् । दामा कमाउनको लागि विद्धान हुनै पर्छ भन्ने छैन, के थोमस एल्बा एडिसनले युनिभर्सिटी पढेका थिए र ? सामान्य पढाई गरेका व्यक्ति पनि वैज्ञानिक भएका छन् भने स्कूलै नगएका व्यक्ति पनि करोडपति छन् । क्षमताले पूर्ण भएको व्यक्तिलाई सबै ठीक, अक्करे र बल्छी स्वभावको व्यक्तिलाई जीवनै बेठीक ।

अतः मान्छेको दिमाग वा स्वभावले के लियो वा दियो यसले जीवनलाई सफल वा असफल हुनुमा ठूलो प्रभाव पार्दछ । जस्तो की बुद्ध भगवान निरन्तर गाली र अपशब्द सुन्नुपर्दा पनि उहाँलाई मतलवै छैन । तर मान्छेहरु सानो अपशब्दमा मारामार काटाकाट गर्छन् । त्यसैले जंगली स्वभावको व्यक्ति अथात् जो व्यक्तिले सहन सक्दैन त्यो व्यक्तिले अरुबाट राम्रो कुरा दिन त झन सक्दै सक्दैन । त्ययसैले चाहे पढेका विद्धान नै होस् वा नपढेको अक्करे नै किन नहोस सहनशील भएर राम्रो कुरा लिन र दिन जान्दैन भने त्यो चाहे पढेको विद्धान वा जोसुकै होस् ऊ असफल हुने कुरा निश्चित छ ।

सफल व्यक्तिले प्रत्येक ठाँउबाट सिक्न खोज्छ । ऊ स्कुल वा कलेजमा मात्रै भर पर्दैन । जस्तै मानौं यदि ऊ कतै गैरहेको छ र बाटोमा कुनै ठाउँमा केही मान्छेहरुको भीड अर्थात् कुनै अनौठो कुरा देख्यो भने त्यसको बारे जानकारी लिन चाहान्छ । त्यो भीड त्यसै त्यहाँ अवश्य जम्मा भएको होइन । त्यहाँ कुनै कारण भन्ने बुझ्दछ । ऊ त्यहाँ जान्छ र केही कुरा बुझेरै हिड्छ । तर त्यहीँ बसिरहनु पर्छ भन्ने छैन ।

कुरा के हो भन्ने कुरा एक मिनेटमै बुझ्न सकिन्छ, त्यसपछि ऊ आफ्नो गन्त्यतिर लाग्छ तर अक्करेहरुलाई त्यसको कुनै मतलबै हुँदैन । जीवनलाई सही मार्गमा जैलानको लागि बुझ्नु पर्ने र सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । यदि बोलीमा फोहर शब्द वा अपशब्द, छिटो रिसाउने, सम्मान गर्न नसक्ने आदि इत्यादि कमजोरी छन् भने त्यो व्यक्ति जीवनमा पछाडी तर्फ गैरहेको हुन्छ तर राम्रो कुरा गर्ने, सहनशील, आफूले जानको कुरा अरुलाई दिन खोज्नेहरु, जीवनमा अगाडी हुने कुरा निश्चित छ ।

एक जना मैले चिनेको भाइ छन् । उनले केवल पत्रिका बेच्थे । त्यो पनि घर–घर र बाटोमा हिँडेर । उनको पढाइ आठ कक्षा पनि उत्तीर्ण थिएन । मैले युर्निर्भसिटी पढ्दा उनीसँग नै पत्रिका किन्थे । उनी गरीब थिए तर इमान्दार, अरुलाई केही दिन खोज्ने, नरिसाउने र मिठो बोल्ने गदथे । मलाई मात्रै होइन उनलाई मन नपराउने कोही पनि थिएनन् । किनभने मलाई यो कुरा राम्रोसंग थाहा छ कि प्रायः जसो पत्रिका बेच्नेहरुले पत्रिकामा स्टीक लगाउँछन् ।

जसले किन्छ त्यसैले पढ्न पाउँछ तर नकिन्नेहरुले पत्रिका हेर्ने अवसर पाउँदैन । तर ती भाइले कोही आएर उभियो वा पत्रिका पल्टायर पढ्न हिचकिचायो भने आफैले पत्रिका उठाएर पढ्नुन् न, पत्रिका पढ्नलाई त हो नि होइन र ? भनेर हातमा दिने गर्थे । उनले पत्रिका वितरण गर्ने चोकमा मान्छेको सबैभन्दा ठूला भीड लाग्थ्यो । किनभने उनले पत्रिका नकिन्नेलाई पनि स्वागत गरेर पत्रिका पढ्न दिन्थे । त्यस्तो ठाउँमा मान्छे नजाने कुरै भएन । मान्छे टाढा–टाढाका पनि त्यहीं आउथे । किनभने उसका पत्रिका सबैलाई खुल्ला हुन्थे ।

दिनहरु बित्दै जाँदा थोरै समयमा नै उसको सरकारी चोक (किनभने बाटोमा पत्रिका बेच्दा भाडा तिर्नु पर्दैन त्यसैले मैले सरकारी चोक भनेको हुँ) मा धेरे मान्छे आउन शुरु गरे । प्रायः एउटा पत्रिका किन्न पनि टाढा–टाढाबाट मान्टे त्यही भाइकोमा किन आउँथे भने उनीहरुले सबै पत्रिका रोजेर पढ्न पाउँथे र जुन पत्रिका मन प¥यो त्यो किन्ने गर्दथे । कसैले हेरेर पनि जान्थे । तर हेरेर मात्रै जानेँंसंग ऊ रिसाउँदैनथ्यो । त्यही नै त्यो भाइको महानता थियो ।्
मैले कुनै दिन सोध्ने गर्थे, भाइ आज कति पत्रिका बिक्यो ? उसले भन्थ्यो कहिले एकहजार पाच सय वटा पत्रीका, त कहिले दुइहजार पाँचसय वटा ।

ऊ यति छिटो फस्टायो की शुरुको दिनमा २०–३० वटा पत्रिका बेच्नेले आज प्रत्येक दिन लगभग एकहजार भन्दा बढी वितरण गर्दछ । प्रत्येक पत्रिकामा कुनैमा तीन रुपैयाँ, कुनैमा दुई रुपैयाँ, कुनैमा एक रुपैयाँ (थोरैमा) फाइदा हुने गर्छ । आज उसले पत्रिका पनि होलसेल सुरु गरेको छ । ५ जना त काम गर्ने व्यक्ति मात्रै राखेको छ । उसले मलाई साह्रै माया गर्छ । कहिले काँही उसले मलाई चिया खाएर जाउँ दाई भन्छ तर म चिया नखाने हुँदा धन्यवाद भाइ भनेर अगाडी बढ्छु । यो त मैले हेर्दा–हेर्दै मेरो आँखा अगाडी एक जना परिश्रमी भाइको इमान्दारिता, मिटो बोली, परिश्रम गर्ने क्षमता, नरिसाउने र दिने प्रवृत्तिको कारणले गर्दा ल्याएको उनको जीवनको सफलतालाई भने । तर मित्र यस्ता उदाहरणहरु हजुर आफै पनि आफ्नै गाउँ, समाज वा यता उता प्रत्यक्ष देख्न र भेट्न सक्नुहुन्छ ।

तर जसले मैले यति पढेको छु, भन्दै कामहर रोजेर घमण्डले फुलेर बस्नेहरुको जीवन वर्वाद र असफल हुने कुरा निश्चित छ । अतः मित्र, काम सानो ठूलो भन्ने हुँदैन । तपाई जुन काम गरे पनि सफल हुन सक्नु हुन्छ । लगानी पनि धेरै आवश्यक पर्दैन । ती पत्रिका बेच्ने भाइले शुरुमा कति नै लगानी गरेका थिए र ? पाँचसय रुपैयाँबाट व्यापार शुरु गरेको इमान्दारी विवरण मलाई दिएका थिए । त्यसैले प्रत्येकको जिवन सफल गराउनको लागि अरुलाई केही दिउँ भन्ने भावना र परिश्रम गर्ने क्षमता हुनै पर्दछ ।

२०७५ चैत ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्