मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाण्डौँ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भिम बहादुर मगरलाई पक्राउ गरिएको छ । बा.३५ प ८६६७ नम्बरको मोटरसाईकल चालक ईमाडोल बस्ने मगरलाई महानगरीय प्रहरी प्रभाग बालकुमारीले पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा प्रहरीले मगरलाई बिहिबार ्पक्राउ गरेको थियो । कागजपत्र नभएकाले प्रहरीलाई रू ४ सय नगद दिई आर्थिक प्रलोभन पार्न खोजेका मगरलाई नियन्त्रणमा लिईएको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७५ चैत ७ गते प्रकाशित
