News Portal

कविता : नसोध्नु मलाई कहिले पिए ?

प्रकाश बुढाथोकी काठमाडौं
४०५ पटक
काठमाडौं

नसोध्नु मलाई कहिले पिएँ ?
नसोध्नु मलाई कसरी पिएँ ?
समुन्द्र तरेपछि धेरै कुरा भुल्न चॉहे
मनै भुलाउने सुन्दर बगैचा डुल्न चॉहे
सजिलै भुल्न,रमाउदै डुल्न
कहॉ सकिदो रहेछ र ?
भुल्ने बहाना बनाउदै
कहिले whisky पिएँ
कहिले wine पिएँ
नसोध्नु मलाई किन पिएँ ?
कत्ति खुशी गुमाए
कत्ति खुशी लुटिए
कत्ति खुशी लिलामी भए
खुशी बन्ननै भएपनि
खुशी छु भन्ननै भएपनि
कहिले beer पिएँ
कहिले cocktail पिएँ
कहिले black/red पिएँ
नसोध्नु मलाई कहॉ पिएँ ?
नसोध्नु मलाई कत्ति पिएँ ?
चिन्ता थकान मेटाउन भन्दै
मौसमलाई बहाना बनाउदै
कहिले भट्टीमा,कहिल्यै मट्टीमा
भरोसा हुदा जत्तिपनि पिएँ
नसोध्नु मलाई कोसंग पिएँ ?
नसोध्नु मलाई कस्तो पिएँ ?
आफूलाई भुलाउदै
Cheers को स्वरमा रमाउदै
जहॉ जसरी जोसंग जस्तोपनि पिएँ
कहिले महंगो पिएँ
कहिले सस्तो पिएँ~~~~~🍺

२०७५ चैत ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्