News Portal

कविता : जिन्दगी र दौड

दिपक अमुकाठमाडौं
७९२ पटक
काठमाडौं
ओलम्पिकमा बजाइएको  सिठ्ठी भन्दा
कयौ गुणा   ठूलो स्वरमा चिच्याउँदै
मेरी आमाले एक  धावक  जन्माएर्
आफ्नो शरीरबाट  मुक्त गराउदै
पठाएकी थिइन्  जिन्दगीको दौडमा।
बालापनमा ठुला ठुला झोला बोकेर दौडिए
अल्लारेमा  साथी भाईसंग  दौडिए
जवानीमा  दौडिरहेको थिए ,
छेउमा दौडिरहेकी  आमाका चरचर्ती फुटेर
रगत बगिरहेका पौतला देखे
मायालु आखाँले  हेर्दै भनेकी थिइन् आमाले
छोरा ‘ दौड तब सकिन्छ जब खुट्टा होइन मन थाक्छ ‘ !!
दुई चार पाइला अघि दौडिरहेका
बालाई  देखाउदै  भनेकी थिइन्  आमाले
जा छोरा  बाबा थाकिसक्नु  भयो
गएर  काध  थाप्नुपर्छ  तिमीले
सुइअ सुइअ  सुस्केरा हाल्दै दौडिरहेका मेरा बाले
छेउमा  जवान छोरो देखेर
काधमा हात राख्दै  भनेका थिए ,
छोरा  जिवन  दौड हो
   संघर्ष हो
   खेल हो
   यात्रा हो
   भोगाइ हो
  ..
  …
  ….।
बाले  मुन्टो बटारी  पछि हेर्दै  भनेका थिए
हेर ति दौडिरहेका सबै तिम्रा छिमेकी हुन्
जो तिम्रो सफलतामा  जलन  हुन्छन्
‘ त्यही जलन हुदा निस्केको उज्यालोले
अघिको  बाटो तय गर्नुपर्छ  तिमीले ‘
र दौडिरहनु पर्छ  जिवनमा  सफलताको लागि !!
दौडिरहे जिन्दगीमा ट्रयाक बिनाको  दौडमा
न त बाटो थियो न  त अन्तिम बिन्दु
न त विजेता  नै घोषीत  गरिन्थ्यो
तै नि  अर्बौ   मान्छेहरु  लछारपछार गर्दै  दौडिरहेका  छन्  सफलताको लागि
र दौडिरहने छन्  एक मुठी  साहस  रहुन्जेल !!!
के यही नै हो  जिन्दगी ???

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्