
काठमाडौँ । चर्चित नायक अनमामेल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश अर्को गीत बजारमा आएको छ । शुक्रबार युट्युव मार्फत यो फिल्मको लोकलयमा आधारित गीत रिलिज गरिएको हो । आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्दमा आशिष अविरलको संगीत तथा एरेन्ज यो गीतमा रहेको छ । गीतमा अनमोल दउरा सुरुवाल लगाएर नाचेका छन् ।
यो चलचित्र यहि चैत्र २९ गते सार्वजनिक प्रदर्शनमा आउदैछ । झरना थापा निर्देशित यो फिल्मलाई सुनिल कुमार थापाको लगानि रहेको छ । सुहानाले यसै फिल्मबाट नायिकाको रुपमा डेव्यु गरेकी छिन् । अनमोल–सुहानाको अलवा फिल्ममा सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम लगायतको अभिनय रहेको छ ।
डेव्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ व्यवसायिक रुपमा सफल भएपछि झरनाले यसको सिक्वेल निर्देशन गरेकी हुन् ।
हेर्नुहोस् गीतको भिडियोः–
२०७५ चैत ८ गते प्रकाशित
