News Portal

पनौतीमा सिन्धु विकास बैंकको शाखा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९९ पटक
काठमाडौं

काठमाडौं। सिन्धु विकास बैंकले काभ्रेको पनौतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे। कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बैंकलाई गाउँसँगै शहरको अर्थतन्त्रलाई जोड्न क्रियाशिल रहेको बताए।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट कार्यालय संचालनमा आएको थियो। बैंकले मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे र पनौतीगरी कुल १४ शाखाबाट कारोबार गर्दै आएको छ ।

२०७५ चैत ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्