News Portal

‘प्रकाण्ड’लाई बिना सर्त रिहा गर्न माग गर्दै तेस्रो पटक सर्वोच्चमा रिट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४८ पटक
काठमाडौं

भदौ ८ काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिना सर्त रिहा गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सर्वोच्च अदालतले रिहा गरिसक्दा बिना प्रमाण प्रहरीले पटक-पटक पक्राउ गरेको भन्दै प्रकाण्डका आफन्त वीरेन्द्र विकले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्। उनले रिटमा प्रकाण्डलाई तत्काल बिना सर्त रिहा गर्न माग गरिएको छ।

पूर्वमन्त्रीसमेत रहेका  ‘प्रकाण्ड’लाई गएराति नुवाकोट लगिएको छ।  साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा मुद्दा चलाउन उनलाई नुवाकोट लगिएको हो।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्