News Portal

कञ्चनपुरमा फेरी गोली चल्यो , १७ बर्षीय सन्नी खुनारको मृत्यु

राजेन्द्र रावल काठमाडौं
५०७९ पटक
काठमाडौं

भदौ ८, कञ्चनपुर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १७ बर्षीया सन्नी खुनारको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारबाट अन्य ५ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था चिन्ताजनक रहेको वताइएको छ ।

आन्दोलन शुक्रवार साझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको हो । दिउसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउसोबाट शुरू भएको थियो ।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्