News Portal

फ्रान्सेली सम्राट नेपोलियन वोनापार्टको सफलताको सुत्र

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६२३ पटक
काठमाडौं

काठमाडौँ – एकपटक फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट आफ्नो सेनापतीलाई एक यस्तो युद्ध लड्न भने, जहाँ विपक्षि सेनाको संख्या तीन गुणा बढी थियो । नेपोलियनको आदेश सेनापतिले सिरोधार्य गर्नै प¥यो । उनले युद्धको तयारी गरे ।

युद्ध शुरूवात हुनु पहिले नेपोलियन समक्ष पुगेर सेनापतिले भने– महाराज, विपक्षी सेनाको संख्या हाम्रो भन्दा तीन गुणा बढी छ, हाम्रो तिन गुणा कम, थोरै सैनिकद्वारा युद्ध जित्न मुस्किलप्रायः छ ।

नेपोलियनले उनी तर्फ हेर्दै जवाफ दिए – तिमी अहिल्यै हारिसक्यौ सेनापति ! किनभने तिमीले विजयमा शंका ग¥यौं । छोड ! यो युद्ध म आफै लड्छु किनकी मलाई विश्वास छ म जितेरै छोड्ने छु । र, युद्धको अन्तमा नेपोलियन बोनापार्ट विजयको झण्डा फहराउदै आउँछन् ।

सफलताका उपर शंका गर्नु भनेकै आफूलाई कमजोर तुल्याउनु हो । र, कमजोर व्यक्तिले सफलताको ताज पहिरन सक्दैन । सफलताका लागि त दृढ विश्वास चाहिन्छ । यसैले नै हर असम्भवलाई सम्भव तुल्याइदिन्छ ।

दृढ विश्वास नै फ्रान्सेली सम्राट नेपोलियन वोनापार्टको सफलताको सुत्र हो ।

२०७५ चैत ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्