News Portal

‘प्रकाण्ड’लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५३ पटक
काठमाडौं

भदौ ८ काठमाडौं – बिहीबार सर्वाेच्च अदालत परिसरबाटै पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले म्याद दिएको छ। आगजनी मुद्दामा अदालतले म्याद दिएको नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त कुँवरले बताए।

२ महिनाअघि जिल्लाको बेलकोटगढीमा एक्साभेटर जलाएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ। अदालतले बयान सकेर अनुसन्धान प्रतिवेदन पेश गर्न म्याद दिएको हो।
उता उनको रिहाई माग गर्दे सर्वाेच्च अदालतमा फेरि बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ।

प्रकाण्डका छोरा विरेन्द्र विश्वकर्माले शुक्रवार तेस्रो पटक निवेदन दर्ता गरेका हुन्

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्