News Portal

कञ्चनपुरमा मृतकको शव प्रहरीले खोस्यो , राति ८ बजेबाट अनिश्चितकालिन कर्फ्यू

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५२० पटक
काठमाडौं

भदौ ८, कञ्चनपुर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १७ बर्षीय सन्नी खुनारको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारबाट अन्य ५ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था चिन्ताजनक रहेको वताइएको छ । आन्दोलनकारीले  एम्बुलेन्ससहित दर्जनौं सवारी साधनमा तोडफोड भएको छ। महाकाली अञ्चल अस्पतालबाट मृतकलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी शव खोसेर लिएको छ ।

प्रहरीले चलाएको गोली चारजना लागेको छ भने घटनामा अरु १५ जना घाइते भइका छन्। गम्भीर घाइते एक जनाको महेन्द्रनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

घाइते हुनेहरुमा डम्बर खत्री, कविन्द्र विक, इश्वर जोशी, विरेन्द्र नागरी, युवराज भट्ट, गोरखबहादुर रेउले, किशोर धामी, तुलाराम उपाध्याय, घनश्याम पन्त, चेतन भट्ट, दामोदर खत्री, ओमकार जोशी, सुरेशप्रकाश चटौत र सत्रुघ्न सुवेदी छन्।

घाइते भएकामध्ये मनोज खड्काको दायाँ कन्चडमा गोली गालेको छ भने उमेश देउवाको वायाँ खुट्टामा गोली लागेको छ।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्