News Portal

नेविसंघ काभ्रे जिल्ला कार्यसमितिले पायो पुर्णता, यस्तो बन्यो समिति !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११२३ पटक
काठमाडौं

चैत्र ११ बनेपा- बनेपा नेविसंघ काभ्रे जिल्ला कार्यसमिति विस्तार भएको छ । संघका जिल्ला अध्यक्ष प्रेम तामाङ्ले आज कार्यसमिति विस्तार गरेका हुन् । नेविसंघ पुर्वकेन्द्रीय सदस्य सुमन पाण्डेसमेतको उपस्थितीमा बनेपामा बसेको बैठकपछि तामाङले कार्यसमितिलाई पुर्णता दिएका हुन् । कार्यसमितिको उपाध्यक्षमा रमेश थोकर,सुनिल लुइँटेल, प्रदिप लामा, सुजन भण्डारी, र योगेश मोक्तान मनोनित भएका छन् ।

त्यस्तै, सचिवमा निर्मल पाण्डे, सुदिप बमजन, र सहसचिवमा प्रेम लामा थोकर,सरोजा सत्याल,नारायण ब्लोन,कर्मा लामा, प्रेमराजा तामाङ र कोषाध्यक्षमा अनिता सापकोटा चयन भएका छन् । त्यस्तै एकचालीस जना जिल्ला सदस्य नियुक्त भएका छन् ।

कार्यसमिति विस्तार गरिएको बारे पार्टीको जिल्ला समिति र नेविसंघ केन्द्रलाई समेत बोधार्थ पठाई जानकारी गराइएको छ । तत्कालिन केन्द्रीय सदस्य सुमन पाण्डेको विशेष पहलमा अध्यक्ष नैनसिंह महरले रिक्त रहेको जिल्ला अध्यक्षमा तामाङलाई नियुक्त गरेका थिए ।

२०७५ चैत ११ गते प्रकाशित

प्रतिकृया दिनुहोस्