News Portal

काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा आज पनि पानी पर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७० पटक
काठमाडौं

चैत्र १२, काठमाडौँ -काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा मंगलबार पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका स्थानमा सोमबार साँझ र मंगलबार बिहान पनि पानी परेको छ । पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने मौसमविदको भनाई छ ।

२०७५ चैत १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्