News Portal

विवेकशील नेपाली दलद्वारा अख्तियारमा उजुरी दर्ता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१६ पटक
काठमाडौं

काठमाडौं । विवेकशील नेपाली दलले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरेको छ । भ्रष्टाचारमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो

मेलम्ची खानेपानी आयोजनामा भएका भ्रष्टाचारका मुद्दाहरु विभिन्न सन्चारमाध्यमबाट सतहमा आएका भन्दैँ उसले भ्रष्टाचारमा संलग्नमाथि आवश्यक छानविन गरी कारवाहीका लागि उजुरी दर्ता गरिएको जनाएको छ । मेलम्ची लगायत राष्ट्रिय गौरवका आयोजनामा भएको भ्रष्टाचार र ढिलासुस्तीले देश–विदेशमा नकारात्मक सन्देश र देशको विकास समेत पछाडि धकेलिने विवेकशील नेपाली दलको भनाई छ ।

उपत्यकामा लामो समयदेखि जमिनमुनिको पानी प्रयोगले वातावरणमा गम्भीर असर पुर्‍याउने भएकाले मेलम्चीलाई जतिसक्दो चाडो सम्पन्न गर्नुपर्ने विवेकशील नेपाली दलले जनाएको छ ।

२०७५ चैत १२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्