News Portal

भदौ १३, १४ र १५ गते सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन हुने, कुन दिन कुन चलाउने ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०५ पटक
काठमाडौं

भदौ  ९,  काठमाडौं – आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था बलियो बनाएको छ।

यसका लागि सरकारले सवारी व्यवस्थापनमा जोर विजोर प्रणाली लागू गर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी प्रमुख बसन्त पन्तका अनुसार विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्यकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन हुनेछ।

‘गृह मन्त्रालयको आदेश अनुसार हामीले तीन दिन जोर विजोर प्रणालीमा सवारी सञ्चालन गर्नेछौ,’ पन्तले भने,‘ भदौ १३ गते बिजोर, १४ गते जोर र १५ गते विजोर नम्बरका सवारी मात्र उपत्यकामा चल्न पाउँछन्।’

यस्तै सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू बस्ने होटल र उनीहरूको आवजावत हुने क्षेत्रको सुरक्षामा सरकारले देशका ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्