मोटिभेटन्यूज संवाददाताकाठमाडौं

चैत्र १३ काठमाडौँ – विप्लब नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । आफूमाथि लगाएको प्रतिबन्धबिरुद्द आन्दोलनको घोषणा गरेको विप्लब समुहले चैत्र १६ गते बन्दको घोषणा गरे पनि लगानी सम्मलेनलाई लक्षित गर्दै फिर्ता गरेको जनाइएको छ । प्रवेशिका परीक्षालाई असर गर्ने कारण देखाउँदै समूहले बन्द फिर्ता लिएको घोषणा गरेको हो ।
विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको पुष्टि गरे । उनले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिए ।
एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उनको भनाइ छ ।
नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परिक्षा नियन्त्रण कार्यालयले बन्द फिर्ता लिन आग्रह गरेका थिए । लगानी सम्मलेन १५ र १६ गते काठमाडौँमा हुदैछ ।
यो पनि
विप्लवद्वारा नेपाल बन्दको घोषणा
२०७५ चैत १३ गते प्रकाशित
