News Portal

आजको मौसम कस्तो होला ?

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८६ पटक
काठमाडौं

चैत्र १४ काठमाडौँ – पहाडी भू–भागको मौसम आंशिक बदली रहे पनि बिहीबार देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम, मध्य तथा पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रमा दिउँसो मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तर अरु क्षेत्रको मौसम भने सफा रहने छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । दिउँसो आंशिक बदलीको सम्भावना रहेको जनाइएको छ ।

२०७५ चैत १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्