News Portal

सेनाको प्रवक्तामा सहायकरथी पाण्डे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९० पटक
काठमाडौं

चैत्र १४ काठमाडौं- सैनिक जनसम्पर्क तथा सूचना निर्देशकको जिम्मेवारी सहायकरथी विज्ञानदेव पाण्डेले  दिइएको छ ।  दाङस्थित १९ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी पाण्डेलाई सैनिक मुख्यालय जङ्गी अड्डाले सेनाको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

उनले  केही दिनपछि मात्र आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । हालका प्रवक्ता यामप्रसाद ढकालको पूर्वीपृतनाअन्तर्गत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिमा सरुवा भएपछि सो जिम्मेवारी पाण्डेलाई दिइएको हाे  ।

नेपाली सेनाको प्रवक्ताका रुपमा ढकालले करीब तीन महिना काम गरे । सहायकरथी ढकाल केही दिनपछि मात्रै आफ्नो कमाण्ड बुझ्न त्यसतर्फ जानेछन् । नेपाली सेनामा सहायकरथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनी कमाण्ड हुन आवश्यक मानिन्छ ।

२०७५ चैत १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्