News Portal

पत्रकार महासंघ र मानवाधिकारवादीसंग डरायो प्रहरी, पत्रकार बिक रिहा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०६ पटक
काठमाडौं

कालिकोट – चैत्र ७ गते रेडियोबाटै गिरफ्तार परेका कालिकोटका पत्रकार कर्ण बिक रिहा भएका छन् । बिकको गिरफ्तारीबारे स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघ र मानवाधिकार आयोगको टोली आउन लागेको सूचना पाएपछि प्रहरीले बिहिबार बिहानै उनलाई रिहा गरेको हो ।

कालिकोटको सदरमुकाम मान्मास्थित रेडियो नयाँ कर्णालीमा कार्यरत पत्रकार बिकलाई नेकपा निकट रहेको भन्दै बिना कारण गिरफ्तार गरेर हिरासतमा राखेको थियो । बिहिबार कालिकोटकै पत्रकारहरुको रोहबरमा उनलाई तारिखमा रिहा गरेको त्यहाँबाट पत्रकार कालीबहादुर मल्लले जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घले बुधबार बिकलाई प्रहरीले पक्राउ गरेको सम्बन्धमा स्थलगत अध्ययनका लागि मिसन टोली पठाएको थियो । महासङ्घका महासचिव रमेश विष्टले बिकलाई रेडियोको स्टेशनबाटै पक्राउ गरिएको सम्बन्धमा स्थलगत अध्ययन गर्न महासङ्घ प्रदेश समिति अध्यक्ष दुर्गा थापाको संयोजकत्वमा मिसन टोली पठाइएको जानकारी गराएका छन् ।

उनका अनुसार नेपाल बार एशोसिएशन प्रतिनिधि र मानवअधिकारकर्मीसमेत संलग्न मिसन टोलीले पत्रकार विश्वकर्मा पक्राउका सम्बन्धमा स्थलगत अध्ययन गरी प्रहरी, स्थानीय प्रशासनलगायत घटनासँग जोडिएका सबै पक्षसँग छलफल गरी रिहाइको पहल गर्नुका साथै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक गर्नेछ ।

बिकको रिहाइका लागि नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल र कालिकोटका स्थानीय पत्रकारहरुले अहल गरेका थिए । नेकपामाथि प्रतिबन्ध लगाएसँगै ओली सरकारले नेकपाका समर्थक शुभचिन्तकहरुलाई समेत गिरफ्तार र धरपकड गर्ने गरेको छ । नेकपा नेता कार्यकर्ताहरुलाई समात्ने बहानामा गाउँ गाउँमा पुगेर स्थानीयका घर समेत खानतलासी गरेर प्रहरीले आतंक मच्चाउन थालेको छ ।

२०७५ चैत १४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्