News Portal

अनिवार्य समाजिक विषयको परिक्षा पनि स्थगित

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१९ पटक
काठमाडौं

धनुसा :जारी एईई परिक्षामा समाजिक विषयको प्रश्नपत्र परिक्षा हुनभन्दा एक दिन अगमबै बाहिरिय पछी प्रदेश २ को आजको परिक्षा स्थगित भएको छ । आज हुने सामाजिक विषयको प्रश्नपत्र हिजो नै सामाजिक संचालमा भाइरल भएको थियो । प्रदेश २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले परिक्षा स्थगि भएको जानकारी दिए ।

बिहीबार पनि विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो । परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको थियो । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको थियो । यो प्रश्नपत्र आधिकारिक भएको पुष्टि भएपछि आजको परिक्षा रद्द भएको हो ।

यस अघि आजको एसइई समाजिक विषयको प्रश्नपत्र परीक्षा पूर्व नै आउट भएको विषयमा गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेल बिच छलफल भएको थियो ।  छलफल पश्चात परिक्षा स्थगित गरिएको हो ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत गरहेको छ ।

२०७५ चैत १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्