News Portal

विप्वलको रातो घरमा प्रहरीको डोजर, साझँसम्म भत्काइसकिने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७० पटक
काठमाडौं

काठमाडौँ । विगत १३ बर्षदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नियन्त्रणमा रहेको बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा डोजर चलाएर प्रहरीले भत्काउन सुरु गरेको छ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले केही दिन अगाडी सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरु कब्जामा लिएको थियो । उक्त कार्यालय साझँसम्म भत्काई सक्ने प्रहरीले जनाएको छ ।

‘रातो घर’का रुपमा चिनिने सो दुईतले घर शुक्रबार (आज) साँझसम्म भवन पुर्णरुपमा भत्काइसकिने प्रहरीको भनाई छ । तत्कालीन नेकपा (माओवादी) को कार्यालय रहेको सो भवन केही समय वैद्य नेतृत्वको माओवादीको हकमा समेत प्रयोग भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर उक्त भवनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १३ बर्ष देखि पार्टी कार्यालय बनाएर प्रयोग गर्दै आएको थियो ।

२०७५ चैत १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्