मोटिभेटन्यूज संवाददाताकाठमाडौं

चैत्र १७ काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम आइतबार पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व र मध्य क्षेत्रमा सामान्य बदली हुने र बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै मध्यका थोरै र पश्चिमका एक–दुई स्थानमा पानी पर्ने सम्भावना छ । पानी ठूलो नभई क्षणिक रहने मौसमविदले बताएका छन् ।
उच्च पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि दिउँसोतिर बदली हुने सम्भावना छ ।
पश्चिममा पश्चिमी वायु तथा मध्य र पूर्वमा न्यूनचापीय प्रणालीका कारण मौसम बदली भएको र केही दिन मौसम बदलीकै अवस्था रहने देखिएको छ ।
२०७५ चैत १७ गते प्रकाशित
