News Portal

ओखलढुंगामा स्कोरपियो दुर्घटना हुदाँ ६ जनाको मृत्यु

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९० पटक
काठमाडौं

काठमाडौं । ओखलढुंगामा स्कोरपियो दुर्घटना हुदाँ ६ जनाको ज्यान गएको छ भने तिन जना घाईते भएका छन् । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा आज बिहान करिब १० बजे स्कोरपियो दुर्घटनामा परेको हो । मृतक मध्ये चार पुरुष र दुई महिला रहेको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बा१६च २२०७ नम्वरको उक्त स्कोरपियो मानेभञ्ज्याङ– ६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको छ । उक्त स्कोरपियो सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं तर्फ आउदैँ गर्दा दुर्घटनामा परेको हो । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याईदैँछ ।

२०७५ चैत १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्