News Portal

बारामा आएको भीषण हावाहुरीबाट २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४२२८ पटक
काठमाडौं

चैत्र १७ काठमाडौं– आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा २१ जनाको ज्यान लिएको छ भने दर्जनौं घाइते घएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ।

उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु-याएर उपचार भइरहेको उनले बताए।

डिएसपी शाहीले हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने बताए। ‘बारामा ठूलो प्राकृतिक विपत्ति आइपरेको छ। हामी अहिले पनि उद्दारमा छौं’, उनले भने।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

२०७५ चैत १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्