News Portal

हावाहुरी प्रभावित क्षेत्रमा केन्द्रबाट बिहानै राहत सामग्री पठाइयो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१५६ पटक
काठमाडौं

चैत्र १८ काठमाडौँ – बारा र पर्सामा आइतबार बेलुका आएको हावाहुरीका कारण प्रभावित भएकाहरुका लागि आवश्यक राहत सामग्रीको व्यवस्थापनका लागि सक्रिय रुपमा पहल भइरहेको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन उद्धार केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख वेदनिधी खनालका अनुसार केन्द्रबाट सोमबार बिहान चार बजेतिर बारा तथा पर्साका हावाहुरी प्रभावितका लागि तत्कालको राहत स्वरुप ४६८ थान पाल, चार हजार एक सय थान लुगा तथा केही रोल कपडा पठाइएको छ ।

यस्तै अब आउन सक्ने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगाउनका लागि गरिनु पर्ने पहल बारे पनि स्वास्थ्य सम्बन्धी आपतकालीन कार्यसञ्चालन केन्द्रसँग आफूले समन्वय गरिरहेको खनालले बताए ।

स्थानीय तहमा अधिकार रहेकाले आफूहरुले स्थानीय तहसँग समन्वय गरेर आवश्यक औषधि तथा स्वास्थ्य सम्बन्धी सामग्री पठाउने उनले जानकारी दिएका छन् ।

अहिलेसम्म प्राप्त भएको जानकारी अनुसार ३४० जना भन्दा बढि विभिन्न अस्पतालमा उपचाररत छन् । यस्तै दुई सय ५० जना भन्दा बढि उपचार पछि घर फर्किएका छन् ।

२०७५ चैत १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्