News Portal

निर्मला हत्या : मेयरका भतिजा र एसपीका छोरामाथि स्थानीयको शंका , छानविन गर्न माग

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९७०४ पटक
काठमाडौं

भदौ ९, कञ्चनपुर – बिहीबार प्रहरीको गोली लागेर चार युवा घाइते भएपछि कञ्चनपुरका  स्थानीयवासी थप आक्रोशित बनेका थिए । यसकारण पनि उनीहरू शुक्रबार आन्दोलन चर्काउने योजनामा थिए । तर, शुक्रबार बिहान पानी परेकाले दिउँसोबाट मात्रै आन्दोलन सुरु भयो । शुक्रबार पनि प्रहरी संयमित बन्न सकेन, गोली नै चलायो ।

बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई तानेर सरकारले नयाँ अधिकारीलाई खटाएको थियो । तर, नयाँ जिम्मेवारीसहित आएका सिडिओ तारानाथ अधिकारी र प्रहरी प्रमुख एसएसपी कुवेर कठायतले परिस्थितिलाई सहज बनाउने पहल गर्न सकेनन् ।

कठायतले बालिका बलात्कार र हत्या प्रकरणको नयाँ शिराबाट अनुसन्धान हुने बताए पनि शुक्रबार दिउँसोको घटनाले परिस्थिति थप जटिल बनाइदिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।

गत सोमबार प्रहरीले दिलीपसिंह विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरे पनि निर्मलाका परिवार र स्थानीयले विश्वास गरेका छैनन् ।

मानसिक सन्तुलन बिगि्रएको व्यक्तिलाई पक्रिएको भन्दै  मृतक निर्मला पन्तका बुबाले उनीविरुद्ध किटानी जाहेरी दिन दबाव मानेका छैनन्  ।निर्मलाका बुबाले त्यो केटाले प्रहरीलाई कस्तो वयान दिएको छ, मलाई सुनाउनोस् अनिमात्रै जाहेरी दिउँला भन्ने अडान राख्दा प्रहरीले ‘हामीले उसको भिडियो रेकर्ड नै गरेका छौं, तपाईलाई देखाउँछौं’ भने, तर देखाएनन् ।

त्यसपछि निर्मलाका बुबाआमाले अहिलेसम्म ती मानसिक रोगीविरुद्ध जाहेरी दिएका छैनन् । उनीहरुले त्यो व्यक्ति आफ्नी छोरीको हत्यारा होला भनेर पत्याएका छैनन् ।

प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो ।

त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस् । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् ।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्