News Portal

बारा र पर्साको घटनापछि पूर्वका कार्यक्रम छोट्याएर राजधानी फर्किँदै प्रधानमन्त्री ओली

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६१ पटक
काठमाडौं

चैत्र १८ काठमाडौँ – विभिन्न कार्यक्रमलाई संवोधन गर्न पूर्वी जिल्ला मोरङ र झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बारा र पर्साको घटनापछि समय छोट्याएर राजधानी आउने भएका छन्।

आइतबार आधा दर्जन कार्यक्रमका लागि पूर्व गएका प्रधानमन्त्री ओली राति बारा र पर्सामा कम्तिमा २७ जनाको ज्यान लिने गरी आएको हावाहुरीको घटनापछि राजधानी फर्कन लागेका हुन् ।

उनले राजधानी फर्केर घटनाबारे आवश्यक निर्णय लिने बुझिएको छ । प्रधानमन्त्री ओली आएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र बारा र पर्साको घटनाबारे केन्द्र सरकारका तर्फबाट निर्णय लिने तयारी भएको एक मन्त्रीले जानकारी दिए ।

‘ यस घटनाबाट प्रधानमन्त्री ज्यू निकै चिन्तित हुनुहुन्छ ।त्यसैले पूर्वको कार्यक्रम छोट्याएर राजधानी आउँदै हुनुहुन्छ । र मन्त्रीपरिषद् बैठककै लागि अरु कार्यक्रममा नजाने जानकारी गराउनु भएको छ,’ ती मन्त्रीले भने।

बारा र पर्सामा गएराती हावाहुरी र असिनासहितको पानीका कारण कम्तिमा २७ जनाको ज्यान गएको छ । पाँच भन्दा बढी घाइते भएका छन् । ती घाइतेहरुको उपचारमा कठिनाई समेत हुन थालेको छ ।

२०७५ चैत १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्