News Portal

गजलकार स्पन्दन बिनोदका दुई कृति ‘अबिरल स्पन्दन’ र भिजाएर गयौ’ लोकार्पण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४५६ पटक
काठमाडौं

चैत्र १८ काठमाडौं –  गजलकार स्पन्दन बिनोदका दुई कृति ‘अबिरल स्पन्दन’ र भिजाएर गयौ’  आइतबार प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाण्डौमा लोकार्पण गरिएको छ  ।

बरिष्ठ पत्रकार भैरव रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा.घनश्याम परिश्रमी, प्रभाती किरण,बरिष्ठ गजलकार ज्ञानु वाकर पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका सद्स्य सचिव प्रा. जगत प्रसाद उपाध्याय र अनेसास का केन्द्रिय अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राखेका थिए  ।

कार्यक्रममा स्रष्टाहरूले प्रवासमा रहेर पनि स्पन्दन बिनोदले साह्रै मेहेनत गरेर उत्कृष्ट बहर संग्रह र गैर बहर संग्रह निकाल्न सफल हुनु भएकोमा यस्तो उत्कृष्ट रचनाको हार्दिक स्वागत गरेका छन्। जो कोहिले पनि यो गजल संग्रहबाट गजल र बहर मात्र नभएर यसबारे महत्वपूर्ण जानकारी पाउन सक्ने कुरा जोड दिईएको थियो। कार्यक्रममा गजलकारहरूले स्पन्दन बिनोदका गजल संग्रहहरूबाट गजल सुनाएका थिए।

 

२०७५ चैत १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्