News Portal

प्रभावकारी बन्दै समुदाय-प्रहरी साझेदारी कार्यक्रम

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१३ पटक
काठमाडौं

चैत १९, काठमाडौं –  समुदाय प्रहरी साझेदारी अन्तर्गत महिला वक्‍तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी २८ जना विभिन्न समुहका महिलाहरुको सहभागिता रहेको थियो ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत लैंगिक हिंसा, घरेलु मदिरा उत्पादन बिक्री तथा सेवनले पारेका असरहरु र लागूऔषध दूर्व्यसनबाट निम्त्याएका सामाजिक असरहरुका विषयमा जनचेतनामुलक “महिला वक्‍तृत्वकला” प्रतियोगिता सम्पन्न भएको प्रहरीले जनाएको छ ।

नागार्जुन नगरपालिका स्थित जनउद्धार मावि हरिसिद्धीमा आयोजित कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाकोे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७५ चैत १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्