News Portal

काँग्रेस सभापति देउवामाथि गम्भिर आरोप, नेता कार्यकर्ताद्धारा कारबाहीको माग !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
६९५ पटक
काठमाडौं

काठमाडौँ –  नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा माथी उनकै कार्यक्रताले गम्भिर आरोप लगाएका छन । पार्टी भित्र अनुशासनहिन गतिविधी बढ्दै गएको भन्दै काग्रेस सभापती शेरबहादुर देउवालाई कारवाही गर्न अनुशासन समितिमा माग गरिएको छ  ।

नेपाली काँग्रेसले आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भन्छ तर सोही पार्टी भित्र आलोचना सुन्ने नसक्ने बानीको विकास बढ्दै गएको भन्दै केही दिन अघि महासमिति सदस्य राजेन्द्र बजागाँइले सभापती देउवा माथी कारवाहीको माग गर्दै अनुशासन समितीमा उजुरी दर्ता गराएका थिए । उनले देउवालाई कारवाहीका लागि पत्र दर्ता गराएको भएपनि उक्त पत्र माथि कुनै कारवाही भएन । बरु देउवा विरुद्ध उजुरी दिनेलाई नै कारवाहीको धम्कि पार्टी भित्रकै जिम्मेवार व्यक्तिले दिइरहेको पाइएको छ ।

बजगाईको उजुरीको प्रशंस सेलाउन नपाँउदै खोटाङका काग्रेस कार्यकर्ता देबेन्द्र बस्नेतले विभिन्न गम्भिर आरोप सहित सभापती देउवा विरुद्ध कारवाहीको माग गर्दै अनुशासन समितीमा उजुरी लिएर गए तर उनको उजुरीलाई समितीले दर्ता नै नगरि फिर्ता पठाईदिएको छ ।

उजुरीकर्ता बस्नतले चितवनको स्थानिय तहको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन हसिया हतौडा मा मत हाल्न कार्यकर्तालाई निर्देशन दिनु पार्टी हित विपरित रहेको तथा प्रधानमन्त्री पदकै लागी सोको सौदावाजी गरेको आरोप लगायका छन् ।त्यसैगरि उनले स्थानिय तह प्रदेश र केन्द्रिय निर्वाचनमा टिकट वितरणमा मनोमानी गरको , तत्कालीन प्रधानन्यायाधिश सुशिला कार्की माथी महाअभियोग लगाउँदा कानुन विपरित स्वार्थमा परेर पार्टीलाई नोक्सानी पुर्याएको , महासमिती र जिल्ला सभापतीहरुको सर्वसम्मत निर्णय विपरित केन्द्रिय सदस्य देखि सभापती सम्मै महाधिवेशन प्रतिनिधी वडाबाटै निर्वाचित हुनुपर्ने भन्ने निर्णय विपरित बहुमतका आधारमा निर्णय उल्टाएर महासमितीको बैठक माथी आघात पुर्याएको लगायतका आरोप लगाएका छन् । उनले विभिन्न किटानी आरोप लगाउँदै सभापती देउवामाथी हदै सम्मको कारवाही माग गरेका छन् ।

उजुरीकर्ता अनुशासन समितीले उजुरीनै दर्ता गर्न नमानेर खाली हात फर्किए पछि एक काग्रे्रस नेताले ओटीभी नेपाल सँग कुराकानी गर्दै देउवा माथी सभापतीनै भएका कारणले उजुरीनै दर्ता गर्न नमान्नु दुखद कुरा भएको बताए । उनले अरुलाई लोकतन्त्र सिकाउने काग्रेसले पहिला आफुमा आत्मसाथ गरेर देखाउनु पर्ने समेत बताए । उनले प्रश्न गरे सभापती माथी उजुरी नै गर्न नपाइने प्रश्नै सोध्न नपाइने भए सानालाई मात्र अनुशासनको डण्डा देखाएर हैकम चलाउन अनुशासन समिती बनाइएको हो ?

२०७५ चैत १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्