News Portal

कञ्चनपुरमा सर्वपक्षीय बैठक : यस्ता छन् महत्वपूर्ण निर्णय

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३२ पटक
काठमाडौं

भदौ ९, कञ्चनपुर – १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको प्रकरणदले उग्र रुप लिएपछि आज कञ्चनपुरमा सर्वपक्षीय  बैठक सम्पन्न छ। राजनीतिक दल, नागरिक समाज, महिलाअधिकारकर्मी, आन्दोलनमा सहभागी दबाब समितिको बैठकले केही महत्वपूर्ण निर्णय गरेको हो।

यस्ता छन् सर्वदलीय बैठक निर्णयहरु 

  • बैठकले निर्मला पन्त छानबिन आन्दोलनको दुःख व्यक्त गर्दै शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणा आग्रह गर्ने।
  • मृतकका परिवारको उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्ने।
  • आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्नुपर्ने माग।
  • आन्दोलनका क्रममा तोडफोड, सरकारी, सार्वजनिक व्यक्तिगत क्षति भिडको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि समिति गठन गर्न गृहमन्त्रालयसमक्ष अनुरोध गर्ने।
  • अप्रिय घटना फेरि दोहोरिन नदिन घटनाको निष्पक्ष छानबिन तथा शान्ति सुव्यवस्था बनाइराख्न राजनीतिक दल, नागरिक समाज, उद्योगीलगायत सबै पक्षबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाउने।
  • थप विरोधका कार्यक्रम आजैदेखि बन्द गर्न अपिल।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्