News Portal

यसरी प्रहरीले नै गरेका रहेछन् एसइई प्रश्नपत्र आउट, २ प्रहरी सहित ७ जना समातिए

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
११५ पटक
काठमाडौं

काठमाडौं । प्रदेश नम्बर २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र ‘लिक’ प्रकरणमा प्रहरीकै संलग्नता रहेको खुलेको छ । घटनाको छानबिनको जिम्मा पाएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा ७ जना प्रहरीलाई समातेको हो । पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्मदेव सुनरैत र दीपेन्द्रकुमार मण्डललगायत अन्य ७ जना रहेका छन् ।

‘‘प्रश्नपत्र राखेको कोठाको साँचो हवल्दारसँग थियो । ती प्रहरीले हवल्दारको साँचो चोरेर प्रश्नपत्रको फोटो खिचेर इमोमार्फत् आफ्नो भाइलाई पठाएको देखियो । “मुख्य संलग्नता उनीहरुकै रहेछ,’’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, प्रश्नपत्र आउट गर्ने प्रकरणमा एक शिक्षक, दुई प्रहरीसहित अन्य ४ जना लाई नियन्त्रणमा लिईएको छ ।

पक्राउ परेकालाई केहीबेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । पक्राउ परेका दुवै प्रहरीलाई सिराहा लगिदैँछ । उक्त प्रदेशमा १४ र १५ चैतमा भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बाहिरिएपछि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा उक्त प्रश्नपत्र भाईरल बनेको थियो ।

२०७५ चैत २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्