News Portal

आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफू पनि झुण्डिएको आशंका

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१३१ पटक
काठमाडौं

२२ चैत, काठमाडौँ – चितवनमा एक आमा सहित २ छोराछोरी झुण्डीएको अवस्थामा मृत फेला परेका छन् । उनीहरु भरतपुर महानगपालिका १८ शशीनगर स्थित शहरी क्लिनिक टोलका एकै परिवारका ३ सदस्य रहेको खुलेको हो । एकै घरभित्र तीन सलको पासोमा ३४ बर्षीया आमा मायाँ आले मागर, अन्दाजि १३/१४ बर्षीया विनिता र अन्दाजि ११/१२ बर्षीया छोरा विवेक मगरले झुण्डीएर आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाल आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन । आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् । उनीहरुको शव अहिले परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भईरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिए । उनले अहिले अनुसन्धानका लागि आफू घटनास्थलमै रहेको बताए ।

२०७५ चैत २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्