News Portal

कञ्चनपुर प्रकरण सेलाउन नपाउदै उता पोखरामा पनि १३ वर्षीय बालिका मृत फेला

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
४४०२ पटक
काठमाडौं

भदौ ९, पोखरा – कंचनपुरमा १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको प्रकरण सेलाउन नपाउदै उता पोखराको लामाचौरमा पनि करिब १३ वर्षीया बालिका पुष्पा केसीको शव भेटिएको छ। स्थानीय विन्ध्यवासिनी माविको कक्षा ६ अध्ययनरत पुष्पा बिद्यालयबाट फर्केने क्रममा हराएकी थिइन् ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बालिकाको शवलाई पोस्टमार्टम गर्न पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको जानकारी दिए । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन्। बालिकाका यौनाङ्गमा रक्तश्राव देखिएको र प्याड समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् ।
पुष्पाका बुबा नृतेन्द्र नेपाल प्रहरीका भूतपूव हवल्दार हुन्, जो गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षागार्डका रुपमा कार्यरत छन् ।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्