News Portal

विप्लवलाई जसरी पनि ठिक पारिन्छ : गृहमन्त्री थापा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०८ पटक
काठमाडौं

पोखरा –  गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सान्ति सुरक्षाका लागि बाधक बनेको बताएका छन् । पोखरामा आइतबार भइरहेको क्षेत्रीय सुरक्षा बैठकमा गृहमन्त्री थापाले विप्लव नै नेपालको शान्ति सुरक्षाका लागि बाधक बनेको बताएका हुन ।

विप्लव समुह संविधान विरोधी समूह भएको र उनीहरुलाई सहमतिमा ल्याउन सरकार लागिरहेको थापाले बताए । ‘विप्लव भन्ने समूहहरु शान्ति सुरक्षाको निम्ति बाधक भएकाले उनीहरुलाई पनि मूल प्रवाहमा ल्याउने प्रयत्न सरकारले गरिरहेको छ,’ थापाले भने, ‘आशा छ उनीहरु पनि सहमतिमा आउँछन् ।’

सरकारले विप्लव समूहको असंवैधानिक गतिविधिमाथि प्रतिवन्ध लगाएको उनको भनाइ छ । ‘संविधान र कानुनले नै त्यस्ता गतिविधिमाथि प्रतिवन्ध लगाएको हो,’ उनले भने, ‘उनीहरु पनि सहमतिमा आउँछन् ।’ अपराध नियन्त्रण गर्न पनि सरकार सफल भएको थापाको दाबी छ ।

२०७५ चैत २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्