News Portal

डा. बाबुराम भट्टराईले खोले नेकपा र कांग्रेसको पोल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९३ पटक
काठमाडौं

बुटवल – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी नेपाली कांग्रेस दुबैले भित्र्याउन चाहेको बताएका छन । उनले आफूलाई दुबै पार्टीहरुले बोलाएको विषयमा आइतबार वुटवलमा पोल खोलेका हुन ।

‘स्वयं कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्‍यो, नेतृत्व गरिदिनुपर्‍यो भन्नुभएको छ’ आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा. भट्टराईले भने ‘कहिलेकाहीँ त फुत्किनै नसक्ने गरी समात्न खोज्नुहुन्छ, तर म त्यहाँ जाने कुरै भएन ।’

नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको देखेर आफूले वैकल्पिक शक्ति बनाएको बताए ।

आफू एक डेढ वर्षभित्रै पुराना दलहरुको विकल्पमा भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने दावि गर्दै नेता भट्टराईले ‘हामी मधेसकेन्द्रित, जनजातिकेन्द्रित र पहिचान पक्षधर सबै शक्तिहरुसँग ध्रुवीकरण गर्दै चुम्बकीय केन्द्र (म्याग्नेटिक सेन्टर) जस्तो पार्टी बनाउने लाइनमा रहेकाले कसैले बोलाउँदैमा नजाने स्पष्ट पारे ।

२०७५ चैत २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्