मोटिभेटन्यूज संवाददाताकाठमाडौं

क्वालालम्पुर – मलेसियामा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपाली सहित १४ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
घाइतेहरुको पुत्राजया, सेरडाग, वान्तिग अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर रहेको बताइएको छ ।
यद्यपि नेपाली दूताबासले यसको पुष्टि गरेको छैन ।
२०७५ चैत २५ गते प्रकाशित
