News Portal

नेपालमा फेरि लोडसेडिङ ? कुलमानले गरे यस्तो खुलासा !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१७३ पटक
काठमाडौं

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा फेरि लोडसेडिङ ब्युँताउने खेल सुरु भएको खुलासा गरेका छन् । सोमबार प्राधिकरण कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा घिसिङले आफूहरुको उज्यालो नेपाल अभियानमा केही मान्छेले डिस्टर्ब गरेको बताए ।

घिसिङले भने , ‘विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिले नै केही मिडिया र व्यक्तिलाई परिचालन गरी देशलाई अँध्यारोमा लैजान चाहेका छन् ।’

उनले विगतमा प्राधिकरणलाई डुबाउनेहरुले नै अहिले डिस्टर्ब गरेको उल्लेख गर्दै भन्नुभयो, ‘विगतमा प्राधिकरण डुबाएका व्यक्तिले अनेक हतियार प्रयोग गरेर हामीलाई डिस्टर्ब गरेका छन् । उज्यालो नेपाल उनीहरुलाई मन परेको छैन । रातदिन नभनी हामी देशलाई उज्यालो बनाइरहेका छौँ । देशलाई अँध्यारो बनाउन चाहनेले बेलैमै विचार गरुन् ।’

आफूहरुको काम नागरिकले मुल्यांकन गरेको भन्दै सीईओ घिसिङले प्राधिकरण नाफामा गएको केही मान्छेलाई मन नपरेको बताए।

प्राधिकरण ध्वस्त बनाउन चाहनेहरुलाई नागरिकसामु ल्याउन उल्लेख गर्दै घिसिङले भने, ‘प्राधिकरण ध्वस्त बनाउने गिरोहलाई एमडीले टुलुटुलु हेरेर बस्न सक्दैन । यो चानचुने एमडी होइन । हामीलाई डिस्टर्ब गर्नेहरुको वास्तविकता पत्ता लगाइने छ । हिजो प्राधिकरण कसले सुकायो भन्ने सबैलाई थाहा छ, उनीहरु पनि तानिन सक्छन् ।’

२०७५ चैत २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्