News Portal

जन्मसिद्धका आधारमा वंशजको नागरिकता नदिने सर्वोच्चको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३५९ पटक
काठमाडौं

काठमाडौँ –  काठमाडौं– सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने गृह मन्त्रालयको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको रिटमाथि सुनुवाई गर्दैै सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने अवस्थाबारे कारण देखाउ आदेश जारी गर्दै सम्बद्ध पक्षलाई वैशाख ३ गते छलफलका लागि समेत बोलाएको छ ।

२०७५ चैत २५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्