
भदौ ९ रौतहट — गौर नगरपालिका ४ को टिकुलिया घाटस्थित शनिबार साँझ बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले डुंगा बगाउदा डुंगामा सवार ३५ जना बढी वेपत्ताभएका छन् भने ५ जना पौडेर बाच्न सफल भएका छन् ४० जना भन्दा बढी सवार डुंगामा ५ जना पौडिएर निस्केका हुन् । अन्य बेपता रहेकोजिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ।
घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन् । पौडिएर बाहिर निस्कने ५ जना समेत सम्पर्कमा नआएकाले वेपत्ताको संख्या र घटनाबारे यथार्थ विवरण सुरक्षाकर्मीले नपाएको बताएको छ । पौडिएर बाहिर निस्केकाहरुको पहिचान खुलेको छैन् ।
हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ जनाए । ‘हामीले लालबकैया नदीको छेउछाउमा सुरक्षाकर्मी परिचालन गरिकसको छौं,’ उनले भने, ‘सबैतिर खोज्ने काम जारी छ ।’
राति अन्धकार भएकाले खोजी गर्न कठिनाई हुने देखिएको छ । बगाएको डुंगासमेत फेला परेको छैन । डुंगामा महिलाहरु पनि सवार रहेको अनुमान छ ।
२०७५ भदौ ९ गते प्रकाशित
