News Portal

रौतहट डुंगा दुर्घटना अपडेट : १५ को उद्दार २५ अझै बेपत्ता, राति भएकाले खोजी गर्न कठिनाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३१८ पटक
काठमाडौं

भदौ ९ रौतहट — गौर नगरपालिका ४ को टिकुलिया घाटस्थित शनिबार साँझ  बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले  डुंगा बगाउदा डुंगामा सवार  २५ जना बढी वेपत्ताभएका छन् भने १५ जना पौडेर बाच्न सफल भएका छन्।  डुंगामा  ४० जना भन्दा बढी सवार  रहेका थिए । अन्य बेपता रहेकोजिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ।

घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन् । पौडिएर बाहिर निस्केकाहरुको पहिचान खुलेको छैन् ।

हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ जनाए । ‘हामीले लालबकैया नदीको छेउछाउमा सुरक्षाकर्मी परिचालन गरिकसको छौं,’ उनले भने, ‘सबैतिर खोज्ने काम जारी छ ।’

राति अन्धकार भएकाले खोजी गर्न कठिनाई हुने देखिएको छ ।

२०७५ भदौ ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्