News Portal

विप्लवलाई बार्तामा ल्याउन म सक्षम छु : पौडेल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५२९ पटक
काठमाडौं

काठमाडौँ – सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले आफू विप्लवलाई बार्तामा ल्यान सक्षम रहेको बताएका छन । विद्रोही नेकपाका महासचिव विप्लव आफ्नो पूर्व सहकर्मी रहेको र नियमित सम्पर्कमै भएकाले आफू विप्लवलाई मुलधारको राजनीतिमा ल्याउन सक्षम रहेको बताएका हुन ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता पौडेलले विप्लवलाई शान्तिपूर्ण राजनीति गर्ने बाताबरण हुँदा हुदै अपराधिक गतिविधिहरु नगर्न आग्रह गरे । उनले विप्लवसंगै विगतमा संघर्ष गरेको र त्यही संघर्षका कारण आज यी उपलब्धीहरु भएको बताउँदै उपलव्धीहरुको संस्थागत गर्नका लागि भएपनि बार्तामा आउन आग्रह गरे ।

संघियता, समानुपातिक समावेशी प्रतिनिधित्व, गणतन्त्र, धर्मनिरिपेक्षता जनयुद्धका माग भएको भन्दै उनले यी मुद्धाहरु बचाइराख्न भएपनि यो ब्यबस्थालाई अंगीकार गर्नुको विकल्प नभएको बताए ।

गोर्खा एफ एमबाट प्रशारित कार्यक्रममा बोल्दै नेता पौडेलले क्रान्ति पुरा नभएको विषयमा विप्लवसंग आफूहरु सहमत भएको तर अवगर्ने क्रान्ति भनेको आर्थिक क्रान्ति भएको र विकासलाई मुल एजेण्डा बनाएर राजनीति गर्नु पर्ने बताए ।

२०७५ चैत २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्