News Portal

सरकारी जग्गा काण्डमा विष्णु पौडेल ठगिनुभो, ठग्ने दोषीलाई कारवाही हुन्छः प्रवक्ता बास्कोटा

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०९ पटक
काठमाडौं

काठमाडौं । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जगा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको र ठग्ने अपराधीलाई तत्काल कारवाही हुनुपर्ने उनले माग गरेका छन् । बिहीबार सञ्चारमन्त्रलयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणबारे मुख खोलेका हुन् ।

उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख गर्दै महासचिव पौडेलले विज्ञप्ति मार्फतनै स्पष्ट पार्नुभएको छ’ उनले भने,‘उहाँ ठगिनुभो, अपराधी हुनुहुन्न् । उहाँले जारी गरेको विज्ञप्तिको आधारमा उहाँ पीडित बन्नुभएको छ । त्यहाँ सर्वसाधारणले पनि जग्गा किनेका होलान्, यसलाई राजनीतिकरण गर्ने काम भयो ।’ मन्त्री बास्कोटाले सार्वजकि जग्गालाई निजीमा ल्याउनेलाई छानविन गरेर तत्काल कार्वाही गर्ने बताए । मन्त्री बास्कोटाले भने, ‘सरकारी सम्पतिको रक्षा गर्नु नै सरकारको दायित्व हो, सरकारले अहिले जग्गा रोक्का गरेको छ । नेकपाका महासचिवले जग्गा किन्नु नै संलग्नता होला र ? उहाँलाई त झुक्याइएछ ।’

यसैबीच, सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले उक्त जग्गा प्रकरणमा अध्ययन भइरहेको र सत्यतथ्य पत्ता लगाएर सार्वजनिक जग्गा व्यक्तिका नाममा भए कारवाही गर्ने बताए । बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा गएपछि विभिन्न मिडियोमा समाचार नै आएको छ र उक्त समाचार अहिले भाइरल भईरहेको छ ।

२०७५ चैत २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्