News Portal

कर्मचारी समायोजनमा तपाईलाई चित्तबुझेको छैन ? त्यसो भए यसो गर्नुहोस् !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८९ पटक
काठमाडौं

काठमाडौँ – सरकारले समायोजनामा असहमती जनाएका स्वास्थ्या सेवाका कर्मचारीहरुलाई गुनासो सुन्ने ब्यबस्था गरेको छ । बिहिबार एक सुचना जारी गर्दै संघिय मामिला तथा समान्य प्रसाशन मन्त्रालय र स्वास्थ्या तथा जनसंख्या मन्त्रालयमा छुट्टा छुट्टै गुनासो सुन्ने ब्यबस्था गरेको जनाएको छ ।

समायोजनामा चित्त नबुझेमा स्वास्थ्या सेवाको जो कोही कर्मचारीहरुले गुनासो गर्न सक्ने मन्त्रालयले जनाएको छ । गुनासो सुन्नका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुपनारायण भट्टराई, उपसचिव इश्वरकुमार गीरी र उपसचिव बन्धुप्रसाद बास्तोला समक्ष आफ्नो गुनासो दर्ता गर्न सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्वास्थ्या मन्त्रालयका हकमा उपसचिव लिलाराज पौडेल, जनस्वास्थ्या प्रशासन सम्भु काफ्ले र शाखा अधिकृत प्रेमलाल दुवालाई सम्पर्क गरेर आफ्नो गुनासो दर्ता गर्न सक्नेछन ।

 

२०७५ चैत २८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्