नविन जैसीकाठमाडौं

काठमाडौँ – यही भन्छ यो दिल वारवार तिमीलाई
अझै जागेन रहर जोड्न घरवार तिमीलाई ।
विपनामा त छुनसम्म पनि पाइएन आजसम्म
सपनामा भने आफै आयौ आभार तिमीलाई ।
बस्, एक नजर एक मुस्कान काफी छ तिम्रो
किन चाहियो यार म रेट्न तरबार तिमीलाई ।
डुबायौ मायाको सागरमा बधाई छ प्रिया
निक्लेर दिनु छ मोती उपहार तिमीलाई ।
भेटिदा देखेकै थियौ मेरा दुईटै हात थिएनन्
छुटिदा कसरी गरूँ यार नमस्कार तिमीलाई ।
२०७५ चैत २८ गते प्रकाशित
