
साउन ३१ , पर्सा – बालकको हत्या आरोपमा पक्राउ परेका ससुरा–बुहारी जेल चलान भएका छन्। पर्साको बहुरदरमाई नगरपालिकाका ताराचन्द्र साह र उनकी बुहारी रितादेवी शाहलाई पर्सा अदालतले जेल चलान गरेको हो।
उनीहरुले गत असार ३१ गते ६ वर्षिय बालक आयोग साहको हत्या गरेका थिए। आफुहरुबीचको सम्बन्ध लुकाउन र सम्पती हात पार्न हत्या गरेको अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार दुईबीचको अनैतिक सम्बन्ध बालक साहले देखेका थिए। पक्राउ परेकी रितादेवी मृतक बालकको ठुलीआमा हुन्। बालकलाई मारे आफूले सम्पती पाउने आसमा समेत हत्या गरेको अनुसन्धानमा खुलेको छ।
असार ३१ गते बालकको घरबाट करिब ३ सय मिटरको दुरीमा रहेको पोखरीमा शव भेटिएको थियो। प्रहरीका अनुसार उनीहरुले बाँसबारीमा सम्बन्ध राखेका थिए। त्यहाँ पुगेका बालकले उनीहरुलाई देखेपछि हत्या भएको हो।
घाँटी निमोठेर उनीहरुले नै बच्चाको हत्या गरेको पुष्टि भएको पर्साका एसपी रेवती ढकालले बताए।
२०७५ साउन ३१ गते प्रकाशित
