News Portal

कांग्रेस सभापति देउवाद्वारा सरकारविरुद्ध आन्दोलन गर्न विद्यार्थीलाई आह्वान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२८६ पटक
काठमाडौं

चैत्र २९ , काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन्  ।

सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे  ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले आफू नआउने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएकोमा पनि सभापति देउवाको आपत्ति छ ।

 

२०७५ चैत २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्